यामाहा नेपालको ‘पार्टनर्स मिट २०२६’ मा सहभागी हुन नेपाली साझेदार थाइल्यान्ड प्रस्थान
काठमाडौं।यामाहा नेपालको आयोजनामा थाइल्यान्डको पटायामा जुलाई २७ देखि ३१ सम्म आयोजना भइरहेको ‘ब्लु सर्ज–पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिट २०२६ मा सहभागी हुन यामाहा नेपालका देशभरका साझेदारहरू थाइल्यान्ड प्रस्थान गरेका छन्।
यामाहा नेपालका साझेदारहरूलाई एउटै मञ्चमा भेला गराई आपसी सम्बन्ध सुदृढ गर्ने, अनुभव तथा सिकाइ आदानप्रदान गर्ने र आगामी दिनको साझा रणनीति तय गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। यामाहा नेपालको नेटवर्कले आयोजना गरेको यो कार्यक्रम अहिलेसम्मकै महत्वपूर्ण कार्यक्रममध्ये एक रहेको जनाइएको छ।
एमएडब्लु राइड्स प्रालिका अध्यक्ष विष्णु कुमार अग्रवालसहित यामाहा नेपालका टोली तथा डिलरहरू कार्यक्रममा सहभागी हुन थाइल्यान्ड पुगेका छन्। कार्यक्रममा यामाहा मोटरका अध्यक्ष हाजिमे आओटाको विशेष उपस्थिति रहने जनाइएको छ।
कार्यक्रमले नेपाली साझेदारहरूलाई यामाहाको विश्वव्यापी नेतृत्वसँग प्रत्यक्ष संवाद गर्ने तथा ब्रान्डको आगामी रणनीतिक दिशाबारे जानकारी लिने अवसर प्रदान गर्नेछ। विभिन्न सत्र तथा विशेष समारोहमा साझेदारहरूको योगदानको सम्मान गर्नुका साथै आगामी वर्षको साझा विकास यात्राका लागि नयाँ लक्ष्य र दिशासमेत तय गरिने बताइएको छ।
‘ब्लु सर्ज–पावरिङ अहेड टुगेदर’ को मूल भावनाअनुसार यामाहा नेपाल र यसका साझेदारबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै नयाँ अवसर र लक्ष्यतर्फ सहकार्यका साथ अघि बढ्ने प्रतिबद्धता कार्यक्रममा व्यक्त गरिनेछ।












