ऊर्जामन्त्रीका विशिष्ट श्रेणीका सल्लाहकारमा विवेकराज कँडेल नियुक्त – Sagarmathapana:: Online News Portal

ऊर्जामन्त्रीका विशिष्ट श्रेणीका सल्लाहकारमा विवेकराज कँडेल नियुक्त

   २०८३ श्रावण १२ गते  

काठमाडौं।ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठका ऊर्जा व्यापार तथा पूर्वाधारसम्बन्धी विशिष्ट श्रेणीका सल्लाहकारमा चितवनका विवेकराज कँडेल नियुक्त भएका छन्।

हार्वर्ड विश्वविद्यालयबाट सार्वजनिक प्रशासन तथा नेदरल्यान्ड्सको युनिभर्सिटी अफ टुवान्टेबाट ऊर्जा व्यवस्थापनमा स्नातकोत्तर गरेका कँडेलसँग यूएनडीपी, विश्व बैंक र आइरेनालगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामा डेढ दशकभन्दा बढी कार्यअनुभव रहेको बताइएको छ।

कँडेलले नेपालको ऊर्जा सुरक्षा, नीति सुधार, निजी लगानी प्रवर्द्धन तथा क्षेत्रीय ऊर्जा व्यापार विस्तारका क्षेत्रमा रणनीतिक परामर्श प्रदान गर्नेछन्। ऊर्जा क्षेत्रको विकास र पूर्वाधार विस्तारमा उनको अनुभव उपयोगी हुने अपेक्षा गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै