प्राथमिकतामा परेका ४८ बचतकर्तालाई १२ लाख रुपैयाँ फिर्ता – Sagarmathapana:: Online News Portal

प्राथमिकतामा परेका ४८ बचतकर्तालाई १२ लाख रुपैयाँ फिर्ता

   २०८३ श्रावण ९ गते  

काठमाडौं।समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा भएका सहकारी संस्थाका ४८ जना बचतकर्तालाई करिब १२ लाख रुपैयाँ बचत रकम फिर्ता गरेको छ।

समितिका अनुसार ७० वर्ष उमेर पूरा गरेका ज्येष्ठ नागरिक, स्वीकृत चिकित्सकबाट प्राणघातक रोग प्रमाणित भएका बचतकर्ता, एकल महिला, पूर्ण अपाङ्गता भएका व्यक्ति तथा पाँच लाख रुपैयाँभन्दा बढी बचत भएका बचतकर्तालाई प्राथमिकताका आधारमा रकम फिर्ता गरिएको हो।

यस्ता प्राथमिकताप्राप्त बचतकर्तालाई एकपटकमा अधिकतम ५० प्रतिशतसम्म रकम उपलब्ध गराउने व्यवस्था छ। तर, एकपटकमा फिर्ता गरिने रकम ५० हजार रुपैयाँभन्दा बढी नहुने समितिले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै