शिक्षामन्त्री पोखरेल र दक्षिण कोरियाली राजदूतबीच भेटवार्ता
काठमाडौं।शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क तइ योङबीच शिष्टाचार भेटवार्ता भएको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयमा भएको भेटवार्तामा नेपाल–दक्षिण कोरियाबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्ध, विकास सहकार्य तथा शिक्षा र सूचना प्रविधिको क्षेत्रमा सहकार्य विस्तारका विषयमा छलफल भएको हो।
भेटमा नेपाल सरकारका प्राथमिकता तथा शिक्षा क्षेत्रमा दक्षिण कोरियासँगको सहकार्यलाई थप प्रभावकारी बनाउनेलगायतका विषयमा समेत विस्तृत छलफल भएको जनाइएको छ।












