राधिका दासीविरुद्ध अफवाह फैलाएको आरोपमा अभियन्ता वेदिका केसी पक्राउ
काठमाडौँ।सामाजिक सञ्जालमार्फत कथावाचिका राधिका दासीविरुद्ध अफवाह फैलाएको आरोपमा अभियन्ता वेदिका केसी पक्राउ परेकी छन्।
नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरो, भोटाहिटीले केसीलाई बिहीबार पक्राउ गरेको हो। साइबर ब्युरोका प्रवक्ता एसपी दिलीपकुमार गिरीका अनुसार केसीविरुद्ध विद्युतीय कारोबारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ।

केसीलाई काठमाडौँ जिल्ला अदालतबाट एक दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रवक्ता गिरीले सगरमाथापानालाई जानकारी दिएका छन्।
आफूलाई धर्मभित्रका गलत प्रवृत्तिको भण्डाफोर गर्ने अभियन्ताका रूपमा चिनाउँदै आएकी केसी पछिल्लो समय सामाजिक सञ्जालमा चर्चामा थिइन्। उनीविरुद्ध कथावाचिका राधिका दासीले उजुरी दिएको बताइएको छ।












