साउदीबाट टिक्मोमार्फत पैसा पठाउँदा विराटनगरका अभिषेकले जिते बीवाईडी एटो १ ईभी
काठमाडौं।साउदी अरेबियाबाट टिक्मोमार्फत आइएमई गरी नेपाल पैसा पठाउँदा विराटनगरका अभिषेक कालाखेतीले बीवाईडी एटो १ इलेक्ट्रिक कार जितेका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले भाग्यशाली विजेता कालाखेतीकी श्रीमती कल्पना कालाखेतीलाई कारको साँचो हस्तान्तरण गरेका हुन्।
आइएमई र टिक्मोको संयुक्त आयोजनामा सञ्चालित ‘साउदीबाट टिक्मोमार्फत आइएमई गरौँ, उपहार जितौँ’ अभियानअन्तर्गत कालाखेतीले बम्पर उपहारका रूपमा बीवाईडी एटो १ ईभी जितेका हुन्।
कार हस्तान्तरण कार्यक्रममा आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले विदेशबाट पठाइएको रेमिटेन्सले नेपालको अर्थतन्त्रमा सकारात्मक योगदान पुर्याउनुका साथै नेपालमा रहेका परिवारमा खुसी ल्याउने बताए। विदेशमा रहेका नेपाली युवाको मेहनत र सपनालाई साकार पार्न आइएमई र टिक्मोका यस्ता अभियान प्रभावकारी हुने उनको भनाइ थियो।
अभियानअन्तर्गत पहिलो चरणमा १२ जना सेवाग्राहीले आइफोन १७ र दुई जनाले इलेक्ट्रिक स्कुटर पुरस्कार प्राप्त गरेका थिए। दोस्रो चरणमा हरेक हप्ता पाँच जना सेवाग्राहीलाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो।
यसैबीच, आइएमई र टिक्मोले नयाँ पुरस्कार योजना पनि सार्वजनिक गरेका छन्। नयाँ योजनाअन्तर्गत साउदीबाट टिक्मोमार्फत नेपाल पैसा पठाउने सेवाग्राहीमध्ये हरेक हप्ता दुई जनाले आफूले पठाएको रकमको दुई गुणासम्म, हरेक महिना दुई जनाले तीन गुणासम्म र बम्पर योजनामा दुई जना भाग्यशाली विजेताले पठाएको रकमको पाँच गुणासम्म पुरस्कार जित्न सक्नेछन्।
नयाँ योजना २०८३ साउन १७ गतेदेखि कात्तिक १४ गतेसम्म सञ्चालन हुने आइएमईले जनाएको छ। अभियानले साउदीमा रहेका नेपालीलाई सुरक्षित तथा औपचारिक डिजिटल माध्यमबाट नेपाल पैसा पठाउन प्रोत्साहन गर्ने कम्पनीको विश्वास छ।












