गणेश नेपाली मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा समिति गठन – Sagarmathapana:: Online News Portal

गणेश नेपाली मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा समिति गठन

   २०८३ श्रावण ७ गते  

काठमाडौं।सरकारले मुगुका गणेश नेपालीको मृत्यु प्रकरणबारे छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश केशवप्रसाद बास्तोलाको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समिति गठन गरेको छ।

मन्त्रिपरिषद्को निर्णयअनुसार गठित समितिमा पूर्व–सहन्यायाधिवक्ता कृष्णमोहन कोइराला र पूर्व–सहसचिव रामुराज कडरिया सदस्य रहेका छन्।

समितिलाई गणेश नेपालीको मृत्यु प्रकरणबारे आवश्यक छानबिन गरी सात दिनभित्र सरकारसमक्ष प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ।

उपचारका क्रममा गत असार २६ गते वीर अस्पतालमा गणेश नेपालीको मृत्यु भएपछि सरकार, काठमाडौं महानगरपालिका र पीडित पक्षबीच भएको ९ बुँदे सहमतिअनुसार घटनाको स्वतन्त्र छानबिन गर्न समिति गठन गरिएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै