फर्नबरो एयर शोमा चीनको बढ्दो एरोस्पेस क्षमताप्रति आकर्षण
काठमाडौं।सन् २०२६ को Farnborough International Airshow, (FIA) मा चीनले आफ्नो एरोस्पेस उद्योगको बढ्दो क्षमता प्रस्तुत गर्दै उल्लेखनीय उपस्थिति जनाएको छ। बेलायतमा जारी एयर शोमा चिनियाँ विमान निर्माता तथा एरोस्पेस कम्पनीहरूले प्रस्तुत गरेका प्रविधि र उत्पादनप्रति सहभागी तथा अवलोकनकर्ताले विशेष चासो देखाएका छन्।
विश्वको प्रमुख एरोस्पेस तथा रक्षा प्रदर्शनीमध्ये एक मानिने फर्नबरो एयर शोमा चीनको सहभागिताले विश्वव्यापी एरोस्पेस बजारमा उसको बढ्दो प्रभाव र प्रतिस्पर्धात्मक क्षमतालाई समेत उजागर गरेको छ। सन् २०२६ को प्रदर्शनीमा व्यावसायिक उड्डयनसँगै रक्षा तथा उड्डयन प्रविधिमा पनि विशेष ध्यान केन्द्रित गरिएको छ।













