नेपाल संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाले लिए शपथ – Sagarmathapana:: Online News Portal

नेपाल संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाले लिए शपथ

   २०८३ श्रावण ७ गते  

काठमाडौं।नेपाल संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा. भीमप्रसाद खतिवडाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ।

मंगलबार शिक्षा तथा खेलकुदमन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलसमक्ष खतिवडाले शपथ लिनुभएको हो।

प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन शाहले छनोट समितिको सिफारिसका आधारमा खतिवडालाई विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गर्नुभएको थियो।

शपथ ग्रहणपछि उपकुलपति खतिवडाले विश्वविद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, संस्थागत सम्पदाको संरक्षण तथा संस्कृत, कला, साहित्य, संस्कृति र धर्मसम्बन्धी अध्ययन तथा अनुसन्धानलाई थप प्रभावकारी र सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै