तीन तिघ्रे क्या बिग्रे’को कलाकार लाइनअप बलियो, बेगम नेपालीसहित चार कलाकारको ठूलो पर्दामा डेब्यू – Sagarmathapana:: Online News Portal

तीन तिघ्रे क्या बिग्रे’को कलाकार लाइनअप बलियो, बेगम नेपालीसहित चार कलाकारको ठूलो पर्दामा डेब्यू

   २०८३ असार ३१ गते  

काठमाडौं।पत्रकारिता पृष्ठभूमिका रघुनाथ सापकोटा निर्माणमा रहेको नयाँ नेपाली फिल्म ‘तीन तिघ्रे क्या बिग्रे’ को कलाकार चयन अन्तिम चरणमा पुगेको छ। कमेडी जनरामा निर्माण हुन लागेको यस फिल्मबाट एकैसाथ चार चर्चित अनुहारले ठूलो पर्दामा डेब्यू गर्ने भएका छन्।  

निर्माता सापकोटाका अनुसार फिल्ममा चर्चित लोकगायक पशुपति शर्मा, हास्य कलाकार प्रभात लामा, गायिका अञ्जु पन्तकी छोरी परितोषिका पन्त तथा ‘भटभटे माइला’ पात्रबाट लोकप्रिय बनेका बेगम नेपाली मुख्य भूमिकामा अनुबन्धित भएका छन्। परितोषिका र बेगम दुवैका लागि यो पहिलो नेपाली फिल्म हुनेछ।  

रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्मको छायाङ्कन यही सातादेखि सुरु हुने तयारी रहेको छ। फिल्मका लेखक तथा निर्देशक अमरदीप सापकोटा हुन्। निर्माण पक्षले पूर्ण मनोरञ्जनात्मक कमेडी कथावस्तुमा फिल्म तयार पारिने जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै