काठमाडौंमा भदौ ६ गते ‘तेनो कुर्सी (ढोग भेट)’ को विशेष प्रदर्शन हुँदै – Sagarmathapana:: Online News Portal

काठमाडौंमा भदौ ६ गते ‘तेनो कुर्सी (ढोग भेट)’ को विशेष प्रदर्शन हुँदै

   २०८३ असार ३१ गते  

काठमाडौं।गुरुङ समुदायको संस्कृति, परम्परा, पारिवारिक सम्बन्ध र सामाजिक यथार्थलाई समेटिएको नेपाली चलचित्र ‘तेनो कुर्सी (ढोग भेट)’ को विशेष प्रदर्शन आगामी भदौ ६ गते शनिबार काठमाडौंको इन्फिनिटी हल, गोंगबु मा हुने भएको छ। प्रदर्शन दिनको १२ बजे र ३ बजे दुई शोमा आयोजना गरिनेछ।

सुबास गुरुङ (गणेश) को लेखन तथा निर्देशनमा तयार भएको चलचित्रले गुरुङ समुदायको मौलिक जीवनशैली, संस्कार र भावनात्मक सम्बन्धलाई पर्दामा उतारेको निर्माण पक्षले जनाएको छ।

चलचित्रमा पर्वत गुरुङ, राजेश गुरुङ, टिकराम घले, ओम गुरुङ, भीमबहादुर गुरुङ, थमन गुरुङ, खुशीमाया गुरुङ, बबिता गुरुङ, अलिसा गुरुङ, पूजा गुरुङ र रीना गुरुङको अभिनय रहेको छ।

चन्द्र गुरुङ, भीमबहादुर गुरुङ, कुमार गुरुङ, जयलक्ष्मी गुरुङ र ज्ञानबहादुर गुरुङ चलचित्रका निर्माता हुन्। पोस्ट–प्रोडक्सन Climax Art Production ले गरेको चलचित्रको निर्माण व्यवस्थापन भीमबहादुर गुरुङले सम्हालेका छन्।

आयोजकले सम्पूर्ण नेपाली तथा विशेषगरी गुरुङ समुदायलाई चलचित्र हेरेर नेपाली मौलिक कथालाई साथ दिन आग्रह गरेको छ। “हाम्रो फिल्मलाई हामीले माया नगरे कसले गर्ने?” भन्ने सन्देशसहित निर्माण टिमले इष्टमित्र, साथीभाइ तथा शुभेच्छुकलाई प्रदर्शनमा उपस्थित हुन अनुरोध गरेको छ। कार्यक्रमबारे थप जानकारीका लागि आयोजकले सम्पर्क नम्बरसमेत सार्वजनिक गरेको जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै