मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर
काठमाडौं।मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार (जबरजस्ती करणी) मुद्दामा दोषी ठहर भएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले मंगलबार अहिराजलाई दोषी ठहर गरेको अदालतका सूचना अधिकारी शिव खतिवडाले जानकारी दिएका छन्।
अदालतले अहिराजलाई दोषी ठहर गरे पनि सजाय भने हाल निर्धारण गरेको छैन। सजाय निर्धारणका लागि अदालतले आगामी बिहीबार पेसी तोकेको छ। सोही दिन कैद तथा जरिवानासम्बन्धी अन्तिम फैसला सुनाइने अपेक्षा गरिएको छ।
अहिराज यसअघि पुर्पक्षका लागि थुनामा रहेका थिए। उनीविरुद्ध जबरजस्ती करणीको अभियोगमा सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको थियो।













