एभरेस्टको शिखरबाट सार्वजनिक भयो Xiaomi 17 Ultra ले खिचेको वास्तविक भिडियो, गेल्जे शेर्पाको साहसिक यात्रा कैद – Sagarmathapana:: Online News Portal

एभरेस्टको शिखरबाट सार्वजनिक भयो Xiaomi 17 Ultra ले खिचेको वास्तविक भिडियो, गेल्जे शेर्पाको साहसिक यात्रा कैद

   २०८३ असार २६ गते  

काठमाडौं।विश्वप्रसिद्ध पर्वतारोही गेल्जे शेर्पाले सगरमाथा आरोहणका क्रममा Xiaomi 17 Ultra स्मार्टफोनबाट खिचेको रोमाञ्चक भिडियो सार्वजनिक भएको छ। सन् २०२६ को मे महिनामा गरिएको आरोहणका क्रममा रेकर्ड गरिएको उक्त भिडियोले विश्वकै सर्वोच्च शिखरको वास्तविक अनुभवलाई उत्कृष्ट दृश्य गुणस्तरसहित प्रस्तुत गरेको कम्पनीले जनाएको छ।

अत्यधिक चिसो, न्यून अक्सिजन, तीव्र हावा र उच्च जोखिमबीच खिचिएको भिडियो कुनै स्टुडियोमा निर्माण गरिएको वा कृत्रिम रूपमा तयार पारिएको नभई गेल्जे शेर्पाले आफ्नै आरोहण यात्राका क्रममा खिचेको वास्तविक दृश्य रहेको उल्लेख गरिएको छ।

गिनिज विश्व कीर्तिमानसहित विभिन्न अन्तर्राष्ट्रिय कीर्तिमान कायम गरिसकेका गेल्जे शेर्पाले भिडियोमा आरोहणका हरेक चुनौती, भावना र अनुभवलाई जीवन्त रूपमा कैद गरेका छन्। यसले दर्शकलाई सगरमाथा आरोहणको वास्तविक अनुभूति गराउनुका साथै अत्यन्त कठिन वातावरणमा पनि स्मार्टफोनले उत्कृष्ट भिडियो रेकर्ड गर्न सक्ने क्षमता प्रदर्शन गरेको कम्पनीको दाबी छ।

शाओमीका अनुसार यो केवल नयाँ फ्ल्यागशिप स्मार्टफोनको प्रचार मात्र नभई अत्यन्त प्रतिकूल परिस्थितिमा पनि Xiaomi 17 Ultra को क्यामेरा, टिकाउपन र विश्वसनीयताको परीक्षण हो। विश्वकै कठिन प्राकृतिक वातावरणमध्ये एक मानिने सगरमाथालाई परीक्षणस्थल बनाउँदै कम्पनीले प्रविधिले मानिसलाई आफ्ना सीमाभन्दा माथि उठेर असाधारण उपलब्धि हासिल गर्न प्रेरित गर्न सक्ने सन्देश दिएको जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै