ठमेल पर्यटन विकास परिषद् निर्वाचन : राजुमान डङ्गोल समूहले सार्वजनिक गर्‍यो १० बुँदे प्रतिबद्धता – Sagarmathapana:: Online News Portal

ठमेल पर्यटन विकास परिषद् निर्वाचन : राजुमान डङ्गोल समूहले सार्वजनिक गर्‍यो १० बुँदे प्रतिबद्धता

   २०८३ असार २५ गते  

काठमाडौं।ठमेल पर्यटन विकास परिषद्को आगामी असार २७ गते (शनिबार) हुने निर्वाचनलाई लक्षित गर्दै अध्यक्ष पदका उम्मेदवार राजुमान डङ्गोल नेतृत्वको समूहले उम्मेदवार परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा समूहले आफूहरूको नेतृत्वमा ठमेललाई सुरक्षित, व्यवस्थित, आधुनिक तथा अन्तर्राष्ट्रियस्तरको पर्यटन गन्तव्यका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै १० बुँदे घोषणापत्र सार्वजनिक गरेको हो।

घोषणापत्रमा सुरक्षित, स्वच्छ र व्यवस्थित ठमेल निर्माण, पर्यटन प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय पहुँच विस्तार, डिजिटल ठमेल अभियान सञ्चालन, सांस्कृतिक तथा पर्यटन गतिविधि विस्तार, स्थानीय, प्रदेश र संघीय तहसँग सहकार्य, दिगो तथा वातावरणमैत्री पर्यटन विकास, संकट व्यवस्थापन र व्यवसायी सहयोग, युवा, महिला तथा नयाँ पुस्ताको सहभागिता, पारदर्शी र उत्तरदायी संस्थागत प्रणाली तथा ठमेलको दीर्घकालीन विकासका लागि आगामी मार्गचित्र तयार गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ।

समूहले सुरक्षा निकाय तथा स्थानीय तहसँग समन्वय गरी सडक, गल्ली, फुटपाथको नियमित सरसफाइ, सडक बत्ती, सिसिटिभी, संकेत बोर्ड र आपतकालीन सहायता प्रणाली विस्तार गरिने जनाएको छ। त्यस्तै, डिजिटल सूचना प्रणाली, पर्यटकका लागि डिजिटल नक्सा, निःशुल्क वाइफाइ, डिजिटल सदस्यता तथा क्यूआरमार्फत सूचना सेवा सञ्चालन गर्ने योजना पनि सार्वजनिक गरिएको छ।

उम्मेदवार परिचय कार्यक्रममा अध्यक्षका उम्मेदवार राजुमान डङ्गोलले ठमेल नेपालको पर्यटनको मुटु भएकाले सबै व्यवसायीलाई समेटेर साझा नेतृत्वमार्फत पर्यटन व्यवसायलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।

उनले “विश्वले रोज्ने, सबैले गर्व गर्ने ठमेल निर्माणका लागि हाम्रो समूहलाई मत प्रदान गर्न सम्पूर्ण व्यवसायीमा हार्दिक आग्रह गर्दछु,” भन्दै निर्वाचनमा सहयोगको अपिल समेत गरेका छन्।

राजुमान डङ्गोल समूहले सक्षम, समावेशी र व्यवसायीमैत्री नेतृत्वमार्फत ठमेलको समग्र विकासलाई प्राथमिकतामा राखेर अघि बढ्ने जनाएको छ।

उम्मेदवार पद र नाम:

अध्यक्ष — राजु मान डंगोल
प्रथम उपाध्यक्ष — राजीव पाण्डे
द्वितीय उपाध्यक्ष — दावा तामाङ
तृतीय उपाध्यक्ष — चेत नाथ पुडासैनी (दिपक)
महासचिव — पशुपति कडेल
सचिव — दिलिप कडेल (मिलन)
कोषाध्यक्ष —किन्चु लामा भुटिया (श्रेष्ठ)

सदस्यहरू:

सुरेन्द्र डंगोल
सानुकाजी महर्जन
बालकृष्ण खनाल
रोशन प्रधान (शील)
शिवराम प्रधान
लिजा मानन्धर
कृष्ण बहादुर सेवाई

चन्द्रा तामाङ

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै