विदेशी मुद्राको भाउ फेरि उकालो,अमेरिकी डलर १५२ रुपैयाँ नाघ्यो – Sagarmathapana:: Online News Portal

विदेशी मुद्राको भाउ फेरि उकालो,अमेरिकी डलर १५२ रुपैयाँ नाघ्यो

   २०८३ असार १८ गते  

काठमाडौं-नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अधिकांश विदेशी मुद्राको मूल्य पुनः बढेको छ। बुधबार वृद्धि भएको अमेरिकी डलरसहित युरो, पाउन्ड स्ट्रलिङ, अस्ट्रेलियन डलर, कुवेती दिनार र बहराइन दिनारको भाउ आज पनि उकालो लागेको हो।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १० पैसा र बिक्रीदर १५२ रुपैयाँ ७० पैसा कायम गरिएको छ। अघिल्लो दिन यसको खरिददर १५१ रुपैयाँ १६ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७६ पैसा थियो।

यद्यपि, अमेरिकी डलरको हालसम्मकै उच्च विनिमयदर भने गत जेठ ७ गते कायम भएको थियो। त्यस दिन डलरको खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो।

त्यस्तै, युरो एकको खरिददर १७३ रुपैयाँ २१ पैसा र बिक्रीदर १७३ रुपैयाँ ८९ पैसा निर्धारण गरिएको छ। पाउन्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपैयाँ ४७ पैसा र बिक्रीदर २०२ रुपैयाँ २७ पैसा कायम भएको छ।

यसैगरी, अस्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ७८ पैसा र बिक्रीदर १०५ रुपैयाँ २० पैसा, कुवेती दिनार एकको खरिददर ४९३ रुपैयाँ ९९ पैसा र बिक्रीदर ४९५ रुपैयाँ ९४ पैसा तथा बहराइन दिनार एकको खरिददर ४०३ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४०५ रुपैयाँ ०५ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले आवश्यकता अनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर केही फरक हुन सक्ने र अद्यावधिक दर राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध रहने उल्लेख गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै