चिनियाँ कम्युनिष्ट पार्टीका सदस्य १० करोड १२ लाख नाघे – Sagarmathapana:: Online News Portal

चिनियाँ कम्युनिष्ट पार्टीका सदस्य १० करोड १२ लाख नाघे

   २०८३ असार १७ गते  

काठमाडौं।चीनको सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टी (CPC) का सदस्य संख्या सन् २०२५ को अन्त्यसम्म १० करोड १२ लाख ९० हजार (१०१.२९ मिलियन) पुगेको छ।

पार्टीको १०५औँ स्थापना दिवस (जुलाई १) को पूर्वसन्ध्यामा सार्वजनिक गरिएको प्रतिवेदनअनुसार सन् २०२४ को तुलनामा सदस्य संख्या १० लाख १ हजार (१ प्रतिशत) ले वृद्धि भएको हो।  


प्रतिवेदनका अनुसार सन् २०२५ को अन्त्यसम्म चीनभर पार्टीका ५४ लाख ३० हजारभन्दा बढी आधारभूत संगठन रहेका छन्, जुन अघिल्लो वर्षको तुलनामा ३.४ प्रतिशत बढी हो।  

त्यस्तै, पार्टीका कुल सदस्यमध्ये ५९ प्रतिशत ले कलेज वा सोभन्दा माथिको शिक्षा हासिल गरेका छन्। महिलाको सहभागिता ३१.५ प्रतिशत पुगेको छ भने जातीय अल्पसंख्यक समुदायका सदस्य ७.८ प्रतिशत रहेका छन्। कामदार र किसान वर्ग अझै पनि पार्टीको सबैभन्दा ठूलो समूहका रूपमा ३२.४ प्रतिशत सदस्य ओगटेका छन्।  

सन् १९२१ मा स्थापना भएको चिनियाँ कम्युनिष्ट पार्टी विश्वकै सबैभन्दा ठूलो सत्तारुढ राजनीतिक दलमध्ये एक मानिन्छ। 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै