मातृभाषी चलचित्र प्रवर्द्धनका लागि सातदिने छायाङ्कन कार्यशाला सम्पन्न – Sagarmathapana:: Online News Portal

मातृभाषी चलचित्र प्रवर्द्धनका लागि सातदिने छायाङ्कन कार्यशाला सम्पन्न

   २०८३ असार ११ गते  

काठमाडौं।चलचित्र विकास बोर्डको सहयोग तथा माझी चलचित्रकर्मी सङ्घको आयोजनामा आदिवासी जनजातिका मातृभाषी चलचित्रको प्रवर्द्धन, विकास र विस्तार गर्ने उद्देश्यले सञ्चालन गरिएको सातदिने छायाङ्कन सम्बन्धी कार्यशाला सम्पन्न भएको छ।

कपनस्थित मिलनचोक पार्टी भेनुमा आयोजित कार्यशालामा विभिन्न जातीय तथा मातृभाषी चलचित्रकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। तालिमको सहजीकरण नेवा फिल्म सोसाइटीका अध्यक्ष लुज: सिंहले गर्नुभएको थियो।

कार्यशालाको उद्घाटन चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले गर्नुभएको थियो। समापन कार्यक्रममा आदिवासी जनजाति चलचित्र महासङ्घका कार्यवाहक अध्यक्ष भुइसाल लामा, चलचित्र विकास बोर्डकी अधिकृत अप्सरा समाल तथा विभिन्न जातीय चलचित्रकर्मी सङ्घ–संस्थाका प्रमुख एवं प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

माझी चलचित्रकर्मी सङ्घका विवस माझीका अनुसार यस्ता कार्यशालाले मातृभाषी चलचित्रको गुणस्तर अभिवृद्धि गर्नुका साथै नयाँ प्रतिभा उत्पादन र प्रोत्साहनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

आयोजकका अनुसार कार्यशालाले आदिवासी जनजाति समुदायका चलचित्रकर्मीहरूलाई छायाङ्कनसम्बन्धी प्राविधिक ज्ञान, सीप र सिर्जनात्मक क्षमता अभिवृद्धि गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै