श्रम संस्कृति पार्टी धरान नगर समितिले श्रमदान शुरूवातको पाँचौ वार्षिक उत्सब मनाए
निमा पोङ्स्युवा
धरान।हर्क साम्पाङ २०७९ सालको स्थानीय निर्वाचनबाट मेयर पदमा निर्वाचित भएपछि शुरु गरिको श्रमदानको पहिलो दिन असार ५ गते चौथो वर्ष पुगेको अवसरमा वार्षिक उत्सव मनाएको छ ।
श्रम संस्कृति पार्टी धरान नगर समितिको आयोजनामा पकुवा खोलाको ट्यांकिमा पुगेर केक काटि चौथो वार्षिक उत्सव मनाएको हो । प्रतिनिधिसभा सदस्य सांसद अम्बिका संग्रौलाको प्रमुख आतिथ्यमा वार्षिक उत्सव मनाएको हो ।

साम्पाङले चुनावी नारामा धराने जनतालाई पानी जसरी पनि खुवाउने बाँचा गरेपछि सपथ लिएको केहि दिनमै पानीको मुहानको खोजिमा लागेका थिए । साम्पाङले मुहान खोजि गर्ने क्रममा धरान २० स्थित पकुवा खोलामा मुहान भेटेपछि असार ५ गतेदेखि श्रमदानको शुरूवात गरेका थिए ।
पकुवा खोलाबाट श्रमदान शुरुभएको अभियानबाट वडा नम्बर ११ का वडाबासिको लागि पानी सफलता भएका थिए । सोहि ट्यांकिमा पार्टीका कार्यकर्ता पुगेर वार्षिक उत्सव मनाएका थिए ।


पकुवा खोलाको सफलतापछि सर्दु, खर्दु, निशानेमा श्रमदान अभियान चलाएर २ लाख ५० हजार लिटर क्षमताको ट्यांकि स्वदेशि विदेशि नेपालीको सहयोगमा सफलताकासाथ निर्माण सम्पन्न भएका थिए । उक्त ट्यांकिको पानी वडा नम्बर १,१३,१६,१२,१० लगायतका वडावासिलाई राहत मिलेका थिए । त्यो सफलताबाट प्रेरित भएर वडा नम्बर ४ स्थित भालु खोलाबाट श्रमदान मार्फत पानी ल्याई धरान १४ स्थित बुढासुब्बा नजिक धन्यवाद ट्यांकि सफलता पुर्वक पानी ल्याई १५ नम्बर वडावासिलाई खानेपानी खुवाएका थिए ।
एबम रुपमा श्रमदान अभियान चलाउने क्रममा कोखा खोलाको पाईप तान्ने महाअभियान शुरु भए । कोका खोलाको पाईप ४५ किलोमीटर लामो ९० दिनमा ल्याएपछि एउटा रेकर्ड नै कायम भएका थिए । पहिलो पाईपको अपार सफलतापछि कोखा खोलाकै मुहानबाट अर्को दोस्रो पाईप श्रमदान तथा आर्थिक सहयोगबाट ल्याएपछि धरान ११ स्थित विष्णु चोकमा ट्यांकिमा झारिकाथिए ।


विगत चार वर्षमा श्रमदानबाट धरानमा ठुला ठुला खानेपानीको ट्यांकि निर्माणसंगै खानेपानीको समस्या धेरै समाधान भएको कुरा धरानका स्थानीयले बताए । स्थानीयले हरेक वर्ष असोज महिनादेखि पानीको हाहाकार हुने अवस्था अहिले चैत बैशाखको खडेरिमा मात्र हुने गरेको बताउछन ।
श्रमदानबाट अहिले श्रम संस्कृति,सुम्निमा पारुहाङ प्रतिमा निर्माण,दार्चुलामा झोलुङ्गे पुल,धरानको सेउति जुवानेटारमा फलामे पुल,व्यापक बृक्षारोपण जस्ता अभियान सम्पन्न भएको छ ।














