साकेला उभौलीमा बुइपाको यलम्बर पार्क उद्घाटन हुँदै, हर्क साम्पाङ ,दयाहाङ राई र राजेश पायल राई आउने
काठमाडौं। Khotang को दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित यलम्बर पार्क तथा यलम्बर प्रतिमाको उद्घाटन साकेला उभौली २०८३ को अवसरमा गरिने भएको छ। वडा कार्यालयले यही वैशाख १८ गते विशेष कार्यक्रम आयोजना गरी पार्कको औपचारिक अनावरण गर्न लागेको जनाएको छ।
प्रदेश र स्थानीय तहको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको पार्क निर्माण कम्पनीले हस्तान्तरण गरिसकेको र यसको संरक्षण, व्यवस्थापन तथा रेखदेखको पूर्ण जिम्मेवारी वडा कार्यालयको रहेको वडा अध्यक्ष दिनेश राईले बताएका छन्।
उद्घाटन कार्यक्रममा चर्चित अभिनेता Dayahang Rai, गायक Rajesh Payal Rai तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङको उपस्थिति रहने जनाइएको छ।
वडा कार्यालयले बुइपावासी, नगरबासी तथा सम्पूर्ण खोटाङवासीलाई कार्यक्रम सफल बनाउन सहयोग र सहभागिताका लागि अनुरोध गरेको छ। साथै पार्क व्यवस्थापनसम्बन्धी भ्रमपूर्ण सूचना र निर्णयको पछि नलाग्न पनि आग्रह गरिएको छ।












