सर्वोच्चको फैसला अस्वीकार गर्दै निधिको घोषणा,कांग्रेसभित्र विवाद झन् गहिरियो
काठमाडौं- विमलेन्द्र निधि ले सर्वोच्च अदालत ले नेपाली कांग्रेसको आन्तरिक विवादसम्बन्धी रिटमा दिएको फैसला आफूले स्वीकार नगर्ने स्पष्ट पारेका छन्।
निधिले सुरुदेखि नै “विशेष महाधिवेशन” प्रक्रियाप्रति असहमति जनाउँदै आएका थिए र अहिले पनि आफ्नो अडान यथावत रहेको बताएका छन्।विशेष महाधिवेशन वैधानिक नभएको दाबी,त्यसबाट चयन भएको नेतृत्व र कार्यसमिति अस्वीकार्य,आफ्नो अडानमा कुनै परिवर्तन नभएको स्पष्ट
यसअघि सम्पन्न निर्वाचनमा भने निधि, गगन कुमार थापा को हस्ताक्षरमा धनुषा–३ बाट उम्मेदवार बनेका थिए। यसले पार्टीभित्रको जटिल शक्ति समीकरण झल्काएको थियो।
सर्वोच्च अदालतको पछिल्लो फैसलापछि कांग्रेसभित्रको विवाद समाधान हुने अपेक्षा गरिएको थियो। तर निधिको ताजा अभिव्यक्तिले पार्टीभित्रको मतभेद अझै समाप्त नभएको संकेत दिएको छ।
विश्लेषकहरूका अनुसार अब कांग्रेसभित्र दुई धार स्पष्ट देखिने सम्भावना बढेको छ-एक पक्ष अदालतको निर्णयअनुसार अगाडि बढ्ने र अर्को पक्ष त्यसलाई चुनौती दिने।
अब प्रश्न उब्जिएको छ-कांग्रेसले आन्तरिक विवादलाई संस्थागत संवादमार्फत टुंग्याउँछ कि थप विभाजनतर्फ उन्मुख हुन्छ?












