ठमेलको एलओडी क्लब विश्वका शीर्ष १०० डिजे क्लबमा ४०औँ स्थानमा उक्लियो
ठमेलको एलओडी क्लब विश्वका उत्कृष्ट १०० डिजे क्लबमा ४०औँ स्थानमा
काठमाडौं।LOD Club (लर्ड अफ द ड्रिंक्स) ले सन् २०२६ का लागि विश्वकै उत्कृष्ट डिजे क्लबहरूको सूचीमा ४०औँ स्थान हासिल गरेको छ। बेलायतस्थित प्रतिष्ठित DJ Mag ले हरेक वर्ष सार्वजनिक गर्ने “Top 100 Clubs” सूचीमा एलओडीले आफ्नो स्थान सुधार गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई पुनः चिनाउन सफल भएको हो।
यस वर्ष विश्वभरका ५०० भन्दा बढी क्लबहरूबीच प्रतिस्पर्धा हुँदा एलओडीले अघिल्लो वर्षको ४४औँ स्थानबाट उक्लिँदै ४०औँ स्थान सुरक्षित गरेको हो। क्लबका निर्देशक भुपेन कुँवरका अनुसार यो उपलब्धि केवल एलओडीको मात्र नभई नेपालकै अन्तर्राष्ट्रिय पहिचानसँग जोडिएको गौरवपूर्ण क्षण हो।



उनले यो सफलता टीमवर्क, उत्कृष्ट सेवा, तथा निरन्तर नवप्रवर्तनको परिणाम भएको उल्लेख गर्दै आगामी दिनमा अझ राम्रो प्रदर्शन गर्ने लक्ष्य रहेको बताए। साथै, यस उपलब्धिले नेपालको रात्रिकालीन जीवनशैलीलाई विश्वसामु चिनाउन र पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।


एलओडी क्लबले पछिल्ला वर्षहरूमा निरन्तर सुधार गर्दै आएको छ। सन् २०२२ मा ५२औँ, २०२३ मा ४९औँ, २०२४ मा ५०औँ र २०२५ मा ४४औँ स्थानमा रहँदै आएको क्लब यस वर्ष ४०औँ स्थानमा उक्लिएको हो।
यो निरन्तर प्रगतिले नेपालमा रात्रिकालीन मनोरञ्जन क्षेत्रको बढ्दो स्तर र अन्तर्राष्ट्रिय सम्भावनालाई स्पष्ट रूपमा देखाएको छ।













