सभामुखको गाडीलाई ट्राफिक चिट :नियम उल्लंघनमा ‘कोही माथि होइन’ – Sagarmathapana:: Online News Portal

सभामुखको गाडीलाई ट्राफिक चिट :नियम उल्लंघनमा ‘कोही माथि होइन’

   २०८३ बैशाख २ गते  

काठमाडौं-प्रधानमन्त्री र गृहमन्त्री बलिया हुँदा राज्यका निकायहरू पनि मजबुत रूपमा प्रस्तुत हुने धारणा बीच एउटा उदाहरण सार्वजनिक भएको छ। सभामुख डीपी अर्याल सँग सम्बन्धित गाडीलाई ट्राफिक प्रहरीले नियम उल्लंघन गरेको आरोपमा चिट काटेको छ।

ट्राफिक प्रहरीका अनुसार थापाथली क्षेत्रमा लेन मिचेर अघि बढेको उक्त गाडीलाई कारबाही गरिएको हो। सभामुख सवार रहेको/नरहेको भने स्पष्ट नभए पनि उक्त गाडीसँगै अगुवा र पछुवा गरी तीनवटा सवारीलाई चिट काटिएको पुष्टि गरिएको छ।

Screenshot

विशेष कुरा के भने, नियम उल्लंघन भएको गाडी सिंहदरबार पुगेपछि ट्राफिक प्रहरी त्यहीँ पुगेर चिट काटिएको हो। यसले ‘कानुन सबैका लागि समान हो’ भन्ने सन्देश दिएको छ।

ट्राफिक प्रहरी स्रोतले भनेको छ, “नियम उल्लंघन गर्ने जोसुकै भए पनि कारबाही हुन्छ। व्यक्ति होइन, उल्लंघन हेर्ने हो।”

यो घटनाले राज्य संयन्त्रको निष्पक्षता र कानुनी शासनको कार्यान्वयनप्रति सकारात्मक संकेत गरेको विश्लेषण गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै