केकी अधिकारीको ‘स्टेशन’ घोषणा, भदौ १९ देखि प्रदर्शन – Sagarmathapana:: Online News Portal

केकी अधिकारीको ‘स्टेशन’ घोषणा, भदौ १९ देखि प्रदर्शन

   २०८३ बैशाख २ गते  

काठमाडौं।केकी अधिकारी ले नयाँ नेपाली चलचित्र ‘स्टेशन’ निर्माण गर्ने घोषणा गरेकी छन्। नयाँ वर्ष २०८३ को अवसर पारेर सार्वजनिक गरिएको थिम पोस्टरसँगै फिल्मको औपचारिक घोषणा गरिएको हो।

निर्माण टिमका अनुसार चलचित्र आगामी भदौ १९ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने तयारी गरिएको छ। फिल्मको निर्देशन सुलक्षण भारती ले गर्नेछन् भने निर्माता बद्री अधिकारी रहेका छन्।

घोषणासँगै सार्वजनिक गरिएको पोस्टरले फिल्मको कथावस्तु रहस्यमय र सामाजिक पृष्ठभूमिमा आधारित हुने संकेत दिएको छ। अभिनेत्री अधिकारीले यो प्रोजेक्ट आफ्नो लागि विशेष रहेको बताउँदै दर्शकलाई फरक स्वादको कथा प्रस्तुत गर्ने प्रतिबद्धता जनाएकी छन्।

चलचित्रको कलाकार, छायांकन र अन्य प्राविधिक पक्षबारे विस्तृत जानकारी भने निर्माण टिमले क्रमशः सार्वजनिक गर्ने जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै