इटहरीमा “द ग्रान्ड काउन्टडाउन २०८३”: रमादा बाई विन्धामको भव्य नयाँ वर्ष उत्सव घोषणा
इटहरी।Ramada by Wyndham Itahari ले नेपाली नयाँ वर्षलाई लक्षित गर्दै यस वर्षको विशेष कार्यक्रम “द ग्रान्ड काउन्टडाउन २०८३” घोषणा गरेको छ। “युफोरिया” थिममा आधारित यो कार्यक्रम अप्रिल १३ तारिख साँझ ७:०० बजेबाट सुरु भई राति अबेरसम्म सञ्चालन हुने जनाइएको छ।
कार्यक्रममा सहभागी पाहुनाहरूका लागि उत्कृष्ट भोजन, लाइभ म्युजिक र रमाइलो वातावरणको संयोजन प्रस्तुत गरिनेछ। प्रत्येक पाहुनाले कम्प्लिमेन्ट्री ड्रिंकसहित आकर्षक गाला डिनरको अनुभव लिन पाउनेछन्। नृत्य प्रेमीहरूका लागि लाइभ डिजे, डान्स फ्लोर तथा रातभर सञ्चालन हुने क्यास बार काउन्टर पनि व्यवस्था गरिएको छ।


साँझको मुख्य आकर्षणका रूपमा Achal and The Amicus को लाइभ प्रस्तुति रहनेछ, जसले कार्यक्रमलाई थप ऊर्जाशील बनाउने आयोजकको विश्वास छ।
कार्यक्रमका टिकटहरू प्रतिव्यक्ति रु. ५,००० र जोडीका लागि रु. ८,००० निर्धारण गरिएको छ। त्यस्तै, पूर्ण अनुभव लिन चाहने पाहुनाहरूका लागि विशेष रुम प्याकेज पनि उपलब्ध छ—सिंगलका लागि रु. ८,००० र जोडीका लागि रु. १२,०००, जसमा इभेन्ट प्रवेश र भोलिपल्ट बिहानको ब्रेकफास्ट समावेश हुनेछ। पहिलो २० टिकट खरिद गर्नेहरूले २० प्रतिशत ‘अर्ली बर्ड’ छुट पाउने व्यवस्था गरिएको छ।
पूर्वी नेपालको प्रमुख व्यापारिक केन्द्र Itahari मा अवस्थित यस होटलले ८१ वटा सुसज्जित कोठा र सुइट्समार्फत अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आएको छ। होटलमा NUA, सुत्र लाउन्ज, एरिया र सुक्र बारजस्ता विभिन्न रेस्टुरेन्ट तथा लाउन्जहरू, आधुनिक बैंक्वेट हल, खुला लन, स्विमिङ पुल र फिटनेस सेन्टरजस्ता सुविधा उपलब्ध छन्।


आयोजकका अनुसार “द ग्रान्ड काउन्टडाउन २०८३” यस सिजनकै चर्चित कार्यक्रम बन्ने अपेक्षा गरिएको छ। नयाँ वर्षलाई विशेष तरिकाले स्वागत गर्न इच्छुकहरूलाई समयमै टेबल वा रुम प्याकेज बुक गर्न आग्रह गरिएको छ।












