तारकेश्वरमा प्लटिङ माफियाको दादागिरी: अनुमति ३ रोपनीको, प्लटिङ १५+ रोपनीमा – Sagarmathapana:: Online News Portal

तारकेश्वरमा प्लटिङ माफियाको दादागिरी: अनुमति ३ रोपनीको, प्लटिङ १५+ रोपनीमा

   २०८२ चैत्र २४ गते  

काठमाडौं-काठमाडौंको तारकेश्वर क्षेत्रमा प्लटिङ माफियाको सक्रियता बढ्दै गएको पाइएको छ। सम्बन्धित निकायबाट केवल ३ रोपनी जमिनमा प्लटिङ गर्ने अनुमति लिएको समूहले भने १५ रोपनीभन्दा बढी क्षेत्रमा अवैध रूपमा प्लटिङ गरेको खुलासा भएको छ।

स्थानीय तहको अनुगमनका क्रममा सरकारी जग्गासमेत अतिक्रमण गरिएको भेटिएपछि तारकेश्वर नगरपालिकाकी उपप्रमुख सृजना बुर्लाकोटी अर्यालको नेतृत्वमा टोली फिल्डमै खटिएको थियो।

अनुगमन टोलीले अवैध काम तत्काल रोक्न निर्देशन दिँदै प्रयोगमा रहेका दुई वटा डोजरमा ताला लगाएको छ। नगरपालिकाले यस्तो कार्यलाई कडाइका साथ नियन्त्रण गर्ने जनाएको छ।

अनुगमनका क्रममा स्थलमै माफिया समूह र टोलीबीच विवादसमेत भएको बताइएको छ। स्थानीयले समेत यस घटनालाई गम्भीर रूपमा लिँदै वास्तविकता चकित पार्ने खालको रहेको प्रतिक्रिया दिएका छन्।

नगरपालिकाले अवैध प्लटिङ र सरकारी जग्गा अतिक्रमण विरुद्ध थप कडा कदम चाल्ने चेतावनी दिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै