गोर्खाज फाइनान्सको संस्थापक सेयर बिक्री खुला
काठमाडौं – गोर्खाज फाइनान्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ। कम्पनीले आजदेखि संस्थापक सेयरधनीको स्वामित्वमा रहेको कुल ५ हजार कित्ता सेयर बिक्रीमा राखेको हो।
सेयर खरिदका लागि आवेदन विद्यमान संस्थापक सेयरधनीहरूले मात्र दिन सक्नेछन्। इच्छुक सेयरधनीहरूले कम्पनीको काठमाडौं, डिल्लीबजारस्थित केन्द्रीय कार्यालयमा सम्पर्क गरी आवश्यक कागजातसहित सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार, तोकिएको समयअवधिभित्र संस्थापक सेयरधनीबाट आवेदन नपरेमा, अन्य व्यक्ति वा कम्पनीलाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइनेछ।












