नेताहरुको मृत्युको कामना गर्दै यज्ञ गरेर पक्राउ धर्मगुरु पुष्कर खतिवडा धरौटीमा छुटे
काठमाडौं / धर्मगुरु पुष्कर खतिवडा धरौटीमा छुटेका छन् ।
गत साउन १४ गते पक्राउ परेका खतिवडा २५ हजार धरौटीमा रिहा भएका हुन् ।
नेताहरुको मृत्युको कामना गर्दै यज्ञ गरेपछि उनी पक्राउ परेका थिए ।
खतिवडाले सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ गरेर नेताहरुको मृत्युको कामनासहित आयोजित यज्ञमा सहभागी हुन आह्वान गरेका थिए ।












