न्युजिल्यान्डमा साम्बाको सफल घुँडा शल्यक्रिया,भोलिदेखि रिह्याब सुरु
काठमाडौं।नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी स्टार खेलाडी सावित्रा भण्डारी ‘साम्बा’को न्युजिल्यान्डको अकल्यान्डमा घुँडाको सफल शल्यक्रिया सम्पन्न भएको छ।
बुधबार सम्पन्न शल्यक्रिया खाडी क्षेत्रमा देखिएको असहज परिस्थितिका कारण कतारस्थित Aspetar पुग्न नसकिएपछि न्युजिल्यान्डमै उपलब्ध विशेषज्ञ चिकित्सकमार्फत गरिएको हो।
हाल साम्बा चिकित्सकको निगरानीमा रहेकी छन्। उनले भोलिदेखि पुनर्स्थापना (रिह्याब) प्रक्रिया सुरु गर्ने जनाइएको छ। स्वास्थ्य अवस्था सुधार भएसँगै रिह्याबलाई एस्पेटारमै निरन्तरता दिने तयारी रहेको पनि उनले बताएकी छन्।
नेपाली फुटबलकी प्रमुख स्ट्राइकर साम्बाको सफल शल्यक्रियासँगै समर्थकहरूमा उनको छिट्टै मैदानमा फर्किने आशा बढेको छ।












