धरानमा श्रम संस्कृति पार्टीको टेम्पो र्याली आज,अध्यक्ष हर्क साम्पाङ प्रमुख अतिथि
काठमाडौँ।श्रम संस्कृति पार्टीले चुनावी अभियानलाई तीव्रता दिने उद्देश्यले आज श्रमजिवी टेम्पो चालकहरूको सहभागितामा धरानमा बृहत् टेम्पो र्याली आयोजना गर्ने भएको छ।
र्याली बिहान ७:३० बजे धरान–१५ स्थित सहिद मार्गबाट सुरु हुने कार्यक्रम तय गरिएको छ। निर्धारित रुटअनुसार र्याली तल्लो पानवारी हुँदै माथिल्लो देउराली, विजयपुर डाँडा, लक्ष्मी चौक, माछाभौडी, भानुचौक, जिरो पोइन्ट, कल्याण चौक, बुद्ध चौक, चतरा, नगडा कालाबन्जार र इटहरी हुँदै पुनः धरानको भानुचौकमा पुगेर समापन गरिनेछ।

दिउँसो १२ बजे भानुचौकमा आयोजना हुने समापन कार्यक्रममा पार्टीका राष्ट्रिय अध्यक्ष हर्क साम्पाङको प्रमुख आतिथ्य रहने जनाइएको छ। कार्यक्रममा श्रमजिवी समुदायका हकहित, रोजगारी, श्रम सम्मान तथा स्थानीय विकासका एजेण्डाबारे धारणा सार्वजनिक गरिने पार्टीले जनाएको छ।
पार्टीले र्यालीलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्न सम्पूर्ण यातायात व्यवसायी, सुरक्षाकर्मी तथा सर्वसाधारणमा सहयोगको अपिल गरेको छ।













