काठमाडौँ–८ मा राजेश शाक्यको तीव्र घरदैलो अभियान, विद्यसुन्दर र अष्टलक्ष्मी शाक्यको सक्रिय सहभागिता – Sagarmathapana:: Online News Portal

काठमाडौँ–८ मा राजेश शाक्यको तीव्र घरदैलो अभियान, विद्यसुन्दर र अष्टलक्ष्मी शाक्यको सक्रिय सहभागिता

   २०८२ फाल्गुन ६ गते  

काठमाडौं।राजेश शाक्यले प्रतिनिधि सभा निर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र नम्बर–८ मा आफ्नो घरदैलो अभियानलाई तीव्रता दिएका छन्।

मंगलबार राजेश शाक्यले ऐतिहासिक हनुमान ढोका दरबार क्षेत्र आसपासका विभिन्न टोल–बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गरेका हुन्। घरदैलोका क्रममा उनले आफ्नो चुनावी एजेण्डा प्रस्तुत गर्नुका साथै स्थानीय पूर्वाधार, खानेपानी, सडक व्यवस्थापन, सांस्कृतिक सम्पदा संरक्षण लगायतका विषयमा सुझाव संकलन गरेका छन्।

अभियानमा काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख विद्यसुन्दर शाक्य तथा बागमती प्रदेशकी पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको सक्रिय सहभागिता रहेको थियो। नेताहरूले घरदैलोका क्रममा पार्टीका उम्मेदवारलाई विजयी गराउन अपिल गर्दै समृद्ध काठमाडौं निर्माणको प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा नेकपा (एमाले) सहित विभिन्न दलका उम्मेदवारहरूले प्रचार–प्रसारलाई तीव्र बनाएका छन्। यही महिनाको ४ गतेदेखि सुरु भएको घरदैलो अभियानमार्फत उम्मेदवारहरू मतदाताको घर–घरमा पुगेर समर्थन माग्ने, विकास योजनाबारे जानकारी दिने तथा स्थानीय आवश्यकता बुझ्ने कार्यमा सक्रिय देखिएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै