युट्युबको ट्रेन्डिङमा फिल्म सतीदेवीको ट्रेलर
काठमाडौँ । भदौको ७ गते रिलिज हुने फिल्म‘सतीदेवीले’महिलाको कथा भन्छ । फिल्मको ट्रेलरमा छोरीको कथा देखाइएको छ ।युट्युबको ट्रेन्डिङमा फिल्मको ट्रेलर केही दिनदेखि छ ।
यसले, दर्शकले फिल्मप्रति रुची देखाएको वुझ्न सकिन्छ जसले, दर्शकको मन जितेको छ । यसैले, युट्युबमा २ लाख बढी भ्यूज पाएको यो फिल्मको ट्रेलरले दर्शकको मन जित्दै गर्दा बक्स अफिसमा कस्तो व्यापार होला भन्ने चर्चा पनि सुरु भएको छ । फिल्मको ट्रेलर रिलिज भएपछि यसको चर्चा चुलिएको हो ।
लक्ष्मण सुवेदीको लेखन, निर्माण र निर्देशनमा तयार भएको यो फिल्मलाई अब हलमा दर्शकले कस्तो साथ देलान् भन्ने प्रतिक्षा धेरैमा छ । किनकी, निर्देशक सुवेदीले यो फिल्म उत्कृष्ट बनेको दाबी गरिसकेका छन् । उनले, केही दिन अगाडि आयोजित पत्रकार सम्मेलनमा अहिलेसम्म बनेका नेपाली फिल्ममध्ये ‘सतीदेवी’ उत्कृष्ट बनेको दाबी गरेका थिए । यसैले पनि फिल्मप्रति भरोसा बढेको हो ।
फिल्ममा मल्लिका महत केन्द्रिय भूमिकामा छिन्। दर्शकलाई फिल्मको संवादले छोएको छ । नारीप्रधान यो फिल्मबाट सिंगो टिम नै आशावादी देखिएको छ।
सुनसान बनिरहेको नेपाली फिल्मको बक्स अफिसलाई अब कुन फिल्मले उठाउला भन्ने विश्लेषण भइरहेको छ ।












