सिटिजन्स क्यापिटल र पशुपति भेन्चरबीच सेयर निष्कासन सम्झौता – Sagarmathapana:: Online News Portal

सिटिजन्स क्यापिटल र पशुपति भेन्चरबीच सेयर निष्कासन सम्झौता

   २०८२ पुष ४ गते  

काठमाडौं।सिटिजन्स क्यापिटल लिमिटेड र पशुपति भेन्चर लिमिटेडबीच साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता सम्पन्न भएको छ। सम्झौतामा पशुपति भेन्चर लिमिटेडका तर्फबाट सञ्चालक दिनेशप्रसाद श्रेष्ठ र सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिरबादे श्रेष्ठले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट आवश्यक स्वीकृति प्राप्त भएपछि सिटिजन्स क्यापिटलले पशुपति भेन्चर लिमिटेडको साधारण सेयर सार्वजनिक निष्कासनका लागि बिक्री प्रबन्धकको भूमिका निर्वाह गर्नेछ।

पशुपति भेन्चर लिमिटेड एक इन्भेष्टमेन्ट कम्पनी हो, जसले विगत १५ वर्षदेखि जलविद्युत् क्षेत्रमा लगानी गर्दै आइरहेको छ। कम्पनीको लगानी रहेको खानी खोला हाइड्रोपावर कम्पनी र माया खोला हाइड्रोपावर कम्पनीलगायत विभिन्न जलविद्युत् आयोजनाहरू सम्पन्न भई हाल विद्युत् उत्पादन गरिरहेका छन्।

कम्पनीले आगामी दिनमा जलविद्युत् तथा पूर्वाधार क्षेत्रमा थप लगानी विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै