फिल्ममा फर्किदै महा नायक राजेस हमाल
काठमाडौं । नेपाली फिल्म क्षेत्रका महानायक राजेश हमाल झण्डै आठ वर्षपछि अभिनयमा फर्किने भएका छन् ।हमाल निर्देशक दिवाकर भट्टराईको एक ‘अनटाइटल’ फिल्ममा अनुबन्ध भएका हुन् ।
पछिल्लो पटक फिल्म ‘सकुन्तला’ मा अभिनय गरेपश्चात महानायक हमाल कुनै पनि फिल्ममा देखिएका छैनन् । बरु उनले म्युजिक भिडिओमा आफूलाई समय दिइरहेका थिए । एक्सन प्रधान रहने फिल्ममा हमालले झण्डै ८ वर्षपछि कमब्याक गर्ने भएका हुन् ।
आइतबार बेलुका निर्माता तथा निर्देशक भट्टराई र महानायक हमालबीच लिखित सहमति भएको हो । हमालले सामाजिक सञ्जालमा तस्वीर राख्दै आफू दिवाकरको फिल्ममा अनुबन्धित भएको जानकारी गराएका छन् । सहमतिको जानकारी दिँदै उनले लेखेका छन्, ‘लामो अन्तरालपछि दिवाकर भट्टराईले निर्देशन गर्ने फिल्ममा काम गर्दैछु ।’












