मधेश प्रदेशमा एमालेका सरोज यादव मुख्यमन्त्री नियुक्त, प्रदेश प्रमुखले होटलबाटै नियुक्तिपत्र जारी गर्दा विवाद – Sagarmathapana:: Online News Portal

मधेश प्रदेशमा एमालेका सरोज यादव मुख्यमन्त्री नियुक्त, प्रदेश प्रमुखले होटलबाटै नियुक्तिपत्र जारी गर्दा विवाद

   २०८२ कार्तिक २४ गते  

जनकपुरधाम-मधेश प्रदेशमा राजनीतिक हलचलबीच नेकपा एमालेका सरोज कुमार यादव मुख्यमन्त्रीमा नियुक्त भएका छन्।प्रदेश प्रमुख समिता सुर्वेदी भण्डारीले नेपाल संविधानको धारा १६८ को उपधारा (३) बमोजिम यादवलाई मुख्यमन्त्री नियुक्त गर्ने निर्णय गरेकी हुन्।

तर, यो नियुक्ति विवादास्पद बन्दै गएको छ।स्रोतहरूका अनुसार प्रदेश प्रमुखले होटलमै बसेर नियुक्तिपत्र जारी गरेको भन्दै अन्य दलका नेताहरूले विरोध जनाएका छन्।उनीहरूले संवैधानिक पदधारीले औपचारिक कार्यालयबाट होइन,होटलबाट निर्णय गर्नु लोकतान्त्रिक मर्यादाविपरीत रहेको टिप्पणी गरेका छन्।

यसअघि मधेश प्रदेशमा गठबन्धन टुटेपछि सत्ता समीकरण फेरिएको थियो।नयाँ बहुमतका दाबीहरूबीच एमाले,राप्रपा र केही स्वतन्त्र सांसदहरूको समर्थनमा सरोज यादवले सरकार गठनको दाबी पेस गरेका थिए।

प्रदेश प्रमुख भण्डारीले यादवलाई मुख्यमन्त्रीमा नियुक्त गर्दै कार्यकाल सफल रहोस् भन्ने शुभकामना समेत दिएकी छन्।

यससँगै मधेश प्रदेशमा नयाँ राजनीतिक अध्यायको सुरुवात भएको छ भने विपक्षी दलहरूले भने यो कदमको विरोध गर्दै संविधानको आत्माविपरीत कदम भन्दै अदालत जाने तयारी गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै