‘रिटिङ रिटिङ नबजाउ बिनायो,का चर्चित लोकगायक एलपी जोशी (लक्ष्मीप्रसाद जोशी) को निधन – Sagarmathapana:: Online News Portal

‘रिटिङ रिटिङ नबजाउ बिनायो,का चर्चित लोकगायक एलपी जोशी (लक्ष्मीप्रसाद जोशी) को निधन

   २०८१ श्रावण १२ गते  

काठमाडौँ। ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’, ‘वल्लो खोलो हो पल्लो खोलो कमिलाको गोलो‘गीतहरुका गायक दमक–१ निवासी चर्चित लोकगायक एलपी जोशी (लक्ष्मीप्रसाद जोशी)को निधन भएको छ ।

बिहीबार राति ८.३० बजे दमकस्थित लाइफलाइन अस्पतालमा ८८ वर्षको उमेरमा गायक जोशीको उपचारका क्रममा निधन भएको हो ।उनी लामो समयदेखि सुगर र प्रेसरको बिरामी थिए ।

जोशी नेपाली लोकगीत क्षेत्रमा पूर्वेली लोकगीतका एक लोकप्रिय गायक कलाकार रहेका थिए । जोशीले आफै सङ्कलन गरेर रेडियो नेपालमा गाएका गीतहरु कालजयी भए ।

उमेरले ४ दशक पार गरे पनि जोशी हालसम्म पनि विभिन्न स्टेज कार्यक्रममा समेत सहभागी रहँदै आएका थिए । गायनको साथमा नृत्य, चित्रकला, नाटक विधामा समेत पोख्त जोशीले केही चलचित्रमा योगदान गर्नुका साथै एउटा गीति कविता प्रकाशन गरेका छन् ।

उनको शुक्रवार बिहान कनकाई माईमा अन्तिम संस्कार गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै