विद्युत प्राधिकरणको आग्रह : कार्तिक १७ भित्र डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता बुझाउन आग्रह
काठमाडौं।नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंक लाइन प्रयोग गर्ने तर अझैसम्म बक्यौता तिरेका छैनन् भन्ने उपभोक्ताहरुलाई तत्काल रकम बुझाउन आग्रह गरेको छ।
नव नियुक्त कार्यकारी प्रमुख मनोज सिलवालका अनुसार बक्यौता भुक्तानीका लागि उपभोक्ताहरुलाई कार्तिक १७ गतेसम्मको म्याद तोकिएको छ। यस अवधिभित्र रकम बुझाउन असफल भएमा प्राधिकरणले कानूनी कारबाही तथा सेवा कटौतीजस्ता कडा कदम चाल्नुपर्ने चेतावनी समेत दिएको छ।


त्यस्तै, मासिक किस्ताबन्दीमार्फत भुक्तानी गर्न चाहने उपभोक्ताले बढीमा २८ महिनाभित्र सम्पूर्ण रकम तिर्नुपर्ने व्यवस्था गरिएको प्राधिकरणले स्पष्ट पारेको छ।
सिलवालले समयमै भुक्तानी गर्न उपभोक्ताहरुलाई आह्वान गर्दै प्राधिकरणको योजना अवरुद्ध नहुने र विद्युत आपूर्ति निरन्तर सहज बनाउन उपभोक्ताको सहकार्य जरुरी रहेको बताए।












