नेपालको व्यापार र व्यवसायी हितमा WTO को भूमिका विषयक छलफल,सभापति अब्दुल खानको विशेष उपस्थिति”
काठमाडौं।विश्व व्यापार संगठन (WTO) का प्रतिनिधिले आज प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभा हलमा नेपालको व्यापार र व्यवसायका लागि WTO को महत्त्व र भूमिकाबारे छलफल गरेका छन्।
कार्यक्रममा प्रतिनिधि सभा अन्तर्गत उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिका सभापति माननीय अब्दुल खानज्यू विशेष उपस्थित रहनुभएको थियो।
छलफलमा नेपालले विश्व बजारमा आफ्नो उपस्थितिलाई सुदृढ बनाउन, व्यवसायीलाई सहज वातावरण दिलाउन तथा अन्तर्राष्ट्रिय व्यापारिक नियमअनुसार अघि बढ्न WTO को भूमिकाबारे विचार विमर्श गरिएको थियो।














