सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित प्रतिष्ठानको पदस्थापन तथा शपथ ग्रहण समारोहमा बोल्दै अध्यक्ष ओलीले ज्ञवालीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए।
आफ्नै पार्टीका नेतालाई सम्मानस्वरूप ‘गुरु’ भनेर सम्बोधन गर्ने गरेको बताउँदै ओलीले भने, ‘प्रदीप ज्ञवाली यस्तो व्यक्ति हुनुहुन्छ, जसलाई मैले पनि प्रदीप गुरु भन्ने गर्छु।’
अध्यक्ष ओलीले प्रतिष्ठानको काम चुनौतीपूर्ण भए पनि ज्ञवालीको नेतृत्वमा व्यवस्थित ढंगले अघि बढ्ने विश्वास व्यक्त गरे। उनले प्रतिष्ठानलाई अध्ययन, अनुसन्धान र विचार-मन्थनको केन्द्र बनाउन आग्रह गर्दै यसका लागि योजनाबद्ध रूपमा लाग्न निर्देशन दिए।
ओलीले नवनिर्वाचित अध्यक्ष ज्ञवालीलाई पद तथा गोपनीयताको सपथ गराए। केही दिनअघि प्रतिष्ठानको सम्पन्न साधारणसभाले ज्ञवाली अध्यक्षमा निर्वाचित भएका थिए।












