पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको नयाँ राजनीतिक सक्रियता: सदस्यता नवीकरण नगरेपछि रणनीति सार्वजनिक गर्न पत्रकार सम्मेलन
काठमाडौं–पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) नेतृ विद्यादेवी भण्डारीले राजनीतिक सक्रियता बढाउने संकेत दिएकी छन्। एमालेले पार्टी सदस्यता नवीकरण नगरेपछि उनले नयाँ रणनीति निर्माण गर्दै सार्वजनिक गर्ने तयारीका साथ आज काठमाडौंको बबरमहलस्थित कार्की ब्यांक्वेटमा पत्रकार सम्मेलन आयोजना गरेकी हुन्।
राजनीतिक वृत्तमा उनको सक्रियतालाई आगामी पार्टी संरचना र नेतृत्त्व प्रतिस्पर्धासँग समेत जोडेर हेरिएको छ। पार्टीभित्रको भूमिकाबाट अलग राखेपछि भण्डारीले अब समानान्तर नेतृत्व निर्माणको प्रयास गर्न सक्ने आँकलन गरिँदैछ।

एमाले नेतृत्व मौन
यस विषयमा हालसम्म नेकपा (एमाले) नेतृत्वले औपचारिक धारणा दिएको छैन। तर पछिल्ला घटनाक्रमले पार्टीभित्रको आन्तरिक सम्बन्धमा चिसोपन आएको संकेत गरेको छ।
अबको केही साताभित्रै भण्डारीको दौडाहा, सम्भावित गठबन्धन वा नयाँ मोर्चाको चर्चा चुलिन सक्ने आँकलन गरिएको छ।














