हङकङमा एनआरएनए अधिवेशन सम्पन्न, अनु राई अध्यक्ष निर्विरोध” – Sagarmathapana:: Online News Portal

हङकङमा एनआरएनए अधिवेशन सम्पन्न, अनु राई अध्यक्ष निर्विरोध”

   २०८२ श्रावण ८ गते  

गैर-आवासीय नेपाली संघ, हङकङको १०औं अधिवेशन भव्य रूपमा सम्पन्न, अनु राईको अध्यक्षतामा नयाँ नेतृत्व निर्विरोध निर्वाचित

काठमाडौं।गैर-आवासीय नेपाली संघ (एनआरएनए) हङकङको १०औं अधिवेशन भव्यता र उत्साहका साथ सम्पन्न भएको छ। अधिवेशनले अनु राईको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ। संघको नेतृत्व सम्हाल्ने जिम्मेवारी पाएपछि अध्यक्ष राईले आगामी कार्यकालमा नेपाली समुदायको हितमा ठोस र रचनात्मक कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाएकी छन्।


कार्यक्रमको प्रमुख अतिथि हङकङका लागि नेपाली महावाणिज्यदूत डा. विन्देश्वर प्रसाद लेखक थिए। उहाँको गरिमामय उपस्थितिका लागि आयोजक समितिले विशेष आभार प्रकट गरेको छ। अधिवेशनको सम्पूर्ण प्रक्रिया कुशल रुपमा सम्पन्न गराउन अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी) की सचिव आदरणीय राधिका (टिका) गुरुङले सुपरिवेक्षकको भूमिका निर्वाह गरेकी थिइन्।


कार्यक्रममा हङकङस्थित विभिन्न संघसंस्थाका प्रतिनिधि, सल्लाहकार, पत्रकार, शुभेच्छुक, समर्थक तथा समुदायका दाजुभाइ दिदीबहिनीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। लगातारको वर्षातबीच पनि अधिवेशनमा व्यापक सहभागिता देखिएको थियो।

संघका निवर्तमान कार्यसमितिले विगत कार्यकालमा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै नयाँ समितिले त्यसैको जगमा अझ प्रभावकारी ढंगले काम गर्ने बताइएको छ। निर्वाचन प्रक्रिया निष्पक्ष, स्वतन्त्र र शांतिपूर्ण रूपमा सम्पन्न गर्नमा निर्वाचन समितिको भूमिकाको पनि आयोजकले खुलेर प्रशंसा गरेको छ।

नयाँ निर्वाचित अध्यक्ष अनु राईले भनिन्,

“गैरआवासीय नेपाली संघ हङकङ अब नयाँ उत्साह र योजनाका साथ अगाडि बढ्नेछ। हामी सबै नेपालीको हितमा, यहाँको कानुनी दायराभित्र रहेर, हरेक कार्य पारदर्शी र सशक्त बनाउनेछौं। यो हाम्रो सामूहिक जिम्मेवारी हो।”

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै