मेनु
Flash News

कनिका छरेजस्तो गरेर बजेट छर्ने प्रवृत्ति रोकिनुपर्छः किसान श्रेष्ठ

काठमाडौं–नेकपा (एकीकृत समाजवादी) का नेता एवं प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले कनिका छरेजस्तोगरी बजेट छर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले अब दैलेखकोमा उत्खनन् भइरहेको पेट्रोलियम खानीजस्ता ठूलो परियोजनामा बजेट विनियोजन हुनुपर्ने बताएका हुन् ।

‘दैलेखमा रहेको पेट्रोलियम पदार्थ, मिथेन ग्यासको अन्वेशनबाट आएको प्रारम्भिक प्रतिवेदनले सबै नेपालीलाई उत्साहित बनाएको छ । त्यसको निरन्तरता र नतिजाको लागि सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । अब कनिका छरेजस्तो गरी बजेट छर्ने प्रवृत्ति बन्द गरी परिणाममुखी परियोजनाहरुमा लगानी बृद्धिका लागि सरकारलाई आग्रह गर्न चाहन्छु,’– उनले भने ।

सरकारले ल्याएको आर्थिक वर्ष २०८२÷०८३ को बजेटले मधेश प्रदेशलाई उपेक्षा गरेको उनले बताए ।