एमाले प्रदेश सांसद दिपेन्द्र कुमार ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर, झण्डै ७ करोड बिगो दाबी – Sagarmathapana:: Online News Portal

एमाले प्रदेश सांसद दिपेन्द्र कुमार ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर, झण्डै ७ करोड बिगो दाबी

   २०८२ जेष्ठ २८ गते  

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका सांसद दिपेन्द्र कुमार ठाकुरसहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

धनुषाको औरही गाँउपालिकामा १५ शैयाको अस्पताल निर्माण गर्दा भ्रष्टाचार गरेको अभियोगमा ठाकुरविरुद्ध अख्तियारले आज मुद्दा दायर गरेको हो ।

ठाकुर धनुषा क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित एमालेका सांसद हुन् । अख्तियारले उनीहरुसँग ६ करोड ७९ लाख १२ हजार ३ सय ८३ रुपैयाँ बिगो दाबी गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै