दुबईमा २५६९ औं बुद्ध जयन्ति विषेश पुजापाठ गरि मनाईदै – Sagarmathapana:: Online News Portal

दुबईमा २५६९ औं बुद्ध जयन्ति विषेश पुजापाठ गरि मनाईदै

   २०८२ बैशाख ३० गते  

युएई।महामानव भगवान गौतम बुद्धको २५६९ औं जन्म जयन्ती युएईमा आदिवासी जनजाति महासंघ युएई तथाआबद्ध ११ वटै जातिय संघ संस्थाहरुले संयुक्त रुपले मनाउने भएका छन ।

आगामि मे १८ तारिख दिनको बर दुबई स्थित एभरेष्ट क्लबको सभा हलमा दिनको १२ बजेबाट कार्यक्रम हुने 
आयोजकले जानकारी दिएको छ । उक्त कार्यक्रममा बौध्द धर्मगुरु बज्राचार्य एवं खेम्पो कर्म स्याम्फेन लामा रिम्पोछे द्वारा प्रवचन, गुरु दर्शन, आयु अभिषेक , विशेष पूजापाठ  हुने महासंघका अध्यक्ष बिक्रम लिम्बुले बताए ।

विश्व जगतमा ज्ञानका ज्योति बाडदै नेपाल र नेपालीलाई विश्वभर  चिनाएका राष्ट्र विभुति शान्तिका अग्रदुत गौतम बुद्ध भएकोले युएईमा छरिएर रहेका सम्पुर्ण नेपाली हरु लाई कार्यक्रममा सहभागी भै कार्यक्रम सफल बनाउन पनि अध्यक्ष लिम्बुले आव्हान गरेका छन।

विशेष सहयोगी संस्थाको भुमिकामा आदिवासी जनजाति युवा महासंघ युएईले ( वाइफिन, युएई ) रहेको छ भने मिडिया पाट्नर आदिवासी जनजाति पत्रकार महासंघ, युएई (फोनिज, युएई ) र हाम्रो कुराकानी रहेका छन ।

कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउन  स्थानिय कलाकार हरु द्वारा विशेष सांगितिक कार्यक्रम को प्रस्तुति समेत रहनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै