नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको स्वतन्त्र सञ्चालकमा शोभा श्रेष्ठ नियुक्त
काठमाडौँ।नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको स्वतन्त्र सञ्चालकको पदमा शोभा श्रेष्ठ नियुक्त भएकी छन्।
बैंकको बुधबार बसेको ६१८ औं सञ्चालक समितिको बैठकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १४ बमोजिम उनलाई यो पदमा नियुक्त गरेको हो।
बैंकको अध्यक्ष पृथ्वी बहादुर पाँडे र अन्य सञ्चालक सदस्यमा प्रजन्य राजभण्डारी, मदन कुमार आचार्य, दीपंकर शाक्य उदय, कवि कुमार टिवरेवाला, र शालिक राम बेल्बासे पनि छन्।












