पाँच महिनामा एक अर्बको छुर्पी निर्यात – Sagarmathapana:: Online News Portal

पाँच महिनामा एक अर्बको छुर्पी निर्यात

   २०७८ माघ ३ गते  

काठमाडौँ। नेपालबाट चालू आर्थिक वर्ष २०७८/७९ को पाँच महिनामा एक अर्ब एक करोड १२ लाख रुपैयाँको छुर्पी निर्यात गरिएको छ । चालू वर्षको साउनदेखि मंसिरसम्म नेपालबाट उक्त मूल्य बराबरको ६ लाख ३१ हजार किलो छुर्पी निर्यात भएको हो ।

भन्सार विभागले सार्वजनिक गरेको पाँच महिनाको तथ्याङ्क अनुसार १९ वटा देशमा छुर्पी निर्यात हुँदै आएको छ । कम्बोडिया, क्यानडा, चीन, जर्मनी, हङकङ, इण्डोनेशिया, जापान,कोरिया, युरोपियन मुलुक र अमेरिकी देशमा छुर्पी निर्यात हुँदै आएको छ ।

ती मुलुकले पाल्तु कुकुरको खानाको रूपमा नेपालमा उत्पादित छुर्पी प्रयोग गर्छन् । यस अवधिमा सबैभन्दा धेरै अमेरिकामा ८५ करोड रुपैयाँको छुर्पी निर्यात भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै