गृहमन्त्री गुरुङलाई २४ घण्टे अल्टिमेटम, नत्र सडक संघर्षमा उत्रिने चेतावनी – Sagarmathapana:: Online News Portal

गृहमन्त्री गुरुङलाई २४ घण्टे अल्टिमेटम, नत्र सडक संघर्षमा उत्रिने चेतावनी

   २०८३ बैशाख ८ गते  

काठमाडौँ:राष्ट्रिय जेनजी नागरिक अभियानले गृहमन्त्री सुधन गुरुङलाई २४ घण्टाभित्र राजीनामा नदिए सडक संघर्षमा उत्रिने चेतावनी दिएको छ।

मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा अभियानले गृहमन्त्रीमाथि गम्भीर प्रश्न उठेको उल्लेख गर्दै नैतिकताको आधारमा तत्काल पद त्याग गर्नुपर्ने माग गरेको हो। अभियानका प्रतिनिधिहरूले पदमा रहँदा निष्पक्ष छानबिन प्रभावित हुन सक्ने भन्दै छानबिनलाई स्वतन्त्र र विश्वसनीय बनाउन मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन्।

उनीहरूले समयमै माग सम्बोधन नभए चरणबद्ध आन्दोलन घोषणा गर्दै सडक संघर्षमा उत्रिने चेतावनी दिएका छन्। अभियानले सरकारलाई जनचासोका विषयमा गम्भीर बन्न आग्रह समेत गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै