विनोद विश्वको ‘पाइला’ सार्वजनिक – Sagarmathapana:: Online News Portal

विनोद विश्वको ‘पाइला’ सार्वजनिक

   २०७८ पुष ५ गते  

काठमाडौं। संगीतकार सुनिल राई र मनि कुमार वान्तवा सँग मिलेर नव गायक विनोद विश्वले गीती एल्बम ‘पाइला’ सार्वजनिक गरेका छन् । सार्वजनिक एल्बममा ६ गीत समावेश गरिएको छ ।

उक्त एल्बममा समावेश ६ मध्ये ५ गीतमा सुनिलको संगीत छ भने एक गीतमा वान्तवाले संगीत भरेका छन् । एल्बममा समावेश गीतमा विरेन लिङदेन, अन्जु श्रेष्ठ, दिपा मेवाहाङ र सारदा राईले शब्द रचना गरेका छन् ।

एल्बममा समावेश गीतमा गायक विश्वसँगै श्रेया राई, अन्जु पन्त, अमृता लिम्बु लगायतको स्वर छ । यस्तै एक गीतको म्युजिक भिडियो समेत निर्माण भइसकेको छ । नव गायक विश्व भुटानी शणनार्थी परिवारमा जन्मेका हुन् । उनी आगमी दिनमा निरन्तर संगीत क्षेत्रमा सक्रिय रहने बताउँछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै