भिमसेन खनालले पिडितलाई सहयोग गर्दै उम्मेद्बारीको घोषणा गरे
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सिन्धुपाल्चोकका युवा नेता भीमसेन खनालले पार्टीको केन्द्रीय सदस्य पदको लागि उमेद्द्वारी घोषणा गरेका छन् । खनालले पार्टीको मंसिर १५ गतेबाट काठमाडौंमा हुन लागेको एकता महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका हुन् ।
आफ्नो जन्मदिनको अवसर पारेर सिन्धुपाल्चोक, पाँचपोखरी थाङ्पाल गाँउपालिका-६, स्याँलेकी मृगौला पीडित मिना गिरीलाई सहयोग गर्दै खनालले उम्मेदवारी घोषणा गरेका हुन् । ‘एक कुशल र सक्षम युवा समाज र देश निर्माणमा आ आफ्नो ठाउँबाट लाग्नु पर्छ,’ उम्मेदवारी घोषणा गर्दै खनालले भने -‘युवाको काधमा आएको जिम्मेवारी पूरा गर्नुपर्छ र म त्यो पूरा गर्न तयार छु ।’
खनालले आसन्न राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय एकता महाधिवेशन २०७८ मा खुल्ला तर्फबाट आफ्नो केन्द्रीय सदस्य पदमा उमेद्द्वारी घोषणा गरेका हुन् । खनाल राप्रपाको २०७३ सालको अधिवेशनमा पनि केन्द्रीय सदस्यको उम्मेदवार भएका थिए । सम्मानजनक मत ल्याएर पनि पराजय भोग्नुपरेका खनाल यो पटक पनि सोही पदमा उम्मेदवार बन्ने भएका हुन् ।












