प्रथम धरान हेल्पिङ ह्याण्ड्स कपको उपाधी लमजुङ फुटबल क्लबले जित्यो
- यूएई । दुबईको अलकुजस्थित डलुस्को मैदानमा भएको प्रथम धरान हेल्पिङ ह्याण्ड्स कपको उपाधी लमजुङ फुटबल क्लबले जितेको छ ।
निर्धारित समय भित्र दुबै पक्षको गोल हुन नसकेपछि पेनाल्टी सुटआउट मार्फत नखिल गोर्खा क्लबलाई हराउदै लमजुङले उपाधी चुमेको हो ।
यूएई फुटबल संघको संयोजन तथा धरान हेल्पिङ ह्याण्ड्सको आयोजनामा भएको प्रतियोगितामा युएई भरका १६ वटा टीमको सहभागिता थियो ।
प्रतियोगिताको बिजेता टीमलाई ७ हजार १ सय ११ दिहराम अर्थात (करिब २ लाख ६२ हजार रुपैँय) ट्रफी र प्रमाण प्रत्र र दोस्रो हुने टीमलाई ४ हजार १ सय ११ दिहराम (करिब १ लाख ११ हजार रुपैँया) सहित ट्रफी र प्रमाण प्रत्र प्रदान गरिएको थियो ।
प्रतियोगितामा उत्कृष्ट कोच, उत्कृष्ट किपर र उत्कृष्ट खेलाडीको उपाधी लम्जुङ फुटबल क्लबले जितेको थियो । उत्कृष्ट फरवार्डको उपाधी भने ग्रीन सिटी इलामका सबैभन्दा कान्छा खेलाडी मनिश शेरचनले पाए। हाइस्कोरको ट्रफी भने नखिल गोर्खा क्लबका सुदिल राईले जिते ।
प्रतियोगिताको उद्घाटन ग्लोबल गैर आवासिय नेपाली सघ एनसिसीका सल्लाकार तथा धरान हेल्पिङ ह्याण्ड्स यूएई संरक्षक सुधिर थापाले गरेका थिए।
कार्यक्रममा गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितीका सचिब मनोज कुमार श्रेष्ठ, ग्लोबल गैर आवासिय नेपाली संघ एनसीसी यूएईका अध्यक्ष पासाङ शेर्पा, नेपाली समाजका अध्यक्ष बेदप्रसाद आर्याल, प्रवासी नेपाली सम्पर्क विभागका अध्यक्ष सुजन थापा, इनास यूएईका अध्यक्ष एमडि बोहोरा, नेपाली जनप्रगतिशिल मंचका पूर्वअध्यक्ष बाबुराम विश्वकर्मा, प्रभु बैकका यूएई प्रमुख प्रकाश पौडेल ,यूएई नेपाली फुटबल संघका सस्थापक अध्यक्ष मुक्ति गुरुङ ,संस्थापक कुल लेप्चा, बर्तमान अध्यक्ष अनिल शेर्पा लगायतको उपस्थित थियो । प्रतियोगितामा एन्फा उपाध्यक्ष दिपेन्द्र भण्डारी तथा कोषाध्यक्ष स्वीकार राईको समेत उपस्थिती रहेको थियो ।
प्रतियोगिताको बिजेता र उपबिजेतालाई नेपाली समाजका अध्यक्ष बेदप्रसाद अर्याल, महासचिव केदार कूवँर , यूएई फुटबल संघका अध्यक्ष अनिल शेर्पा, सस्थापक अध्यक्ष मुक्ति गुरुङ ,धरान हेल्पिङ ह्याण्ड्सका अध्यक्ष तथा खेल संयोजक ईश्वर श्रेष्ठ लगायतले संयुक्तरुपमा पुरस्कार हस्तान्तरण गरेका थिए ।












