बी एन्ड सी मेडिकल कलेजको एमबीबीएस पठनपाठनको तयारी पूरा – Sagarmathapana:: Online News Portal

बी एन्ड सी मेडिकल कलेजको एमबीबीएस पठनपाठनको तयारी पूरा

   २०८१ मंसिर ९ गते  

काठमाडौं । झापास्थित बी एन्ड सी मेडिकल कलेजले चिकित्सा शास्त्रअन्तर्गत एमबीबीएस (स्नातक तह) को पठनपाठनको तयारी पूरा गरेको छ।सर्वोच्च अदालतले २०८० चैत १३ गते जारी गरेको परमादेशअनुसार काठमाडौँ विश्वविद्यालयले बी एन्ड सीलाई सम्बन्धन प्रदान गरेको हो।

झापास्थित बी एन्ड सी मेडिकल कलेजले हालै राष्ट्रिय चिकित्सा शिक्षा आयोगबाट स्वीकृति प्राप्त गरेको थियो।कलेजमा एक सय ५० विद्यार्थीलाई सहज रूपमा पठनपाठन गराउने व्यवस्था मिलाइएको छ।

चिकित्सा शिक्षा आयोगले चालु शैक्षिकसत्रका लागि बी एन्ड सीलाई ५० विद्यार्थी पढाउन पाउने सिट निर्धारण गरेको थियो। हाल नियमानुसार नै विद्यार्थी भर्ना चलिरहेको कलेजका जनसम्पर्क अधिकृत प्रमेश गिरीले बताए।

पहिलो वर्षमा ५० विद्यार्थीलाई अध्यापन गराउन कलेजले आवश्यक जनशक्ति, भौतिक पूर्वाधार र शैक्षिक सामग्रीको व्यवस्था गरिसकेको उनले बताए।

कलेजले मेचीनगर नगरपालिका-१२ धाइजनमा विद्यार्थीलाई पठनपाठन गराउन पाँचतले ‘बेसिक साइन्स ब्लक’ तयार गरेको छ भने ‘क्लिनिकल साइन्स’ अध्यापनका लागि बिर्तामोड नगरपालिका-५ स्थित बी एन्ड सी हस्पिटलमा व्यवस्था मिलाइएको जनसम्पर्क अधिकृत गिरीले जानकारी दिए।

‘एमबीबीएस पठनपाठनका लागि धेरै वर्षअघिदेखि हामी तयारी अवस्थामा थियौँ’, रासससँग उनले भने, ‘धाइजनमा सुविधासम्पन्न साइन्स ब्लक छ। अभ्यास गर्न विद्यार्थीले बी एन्ड सी अस्पताल नै उपयोग गर्न पाउनेछन्।’

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै